दफा ७७
समाह्वान, इतलायनामा, सूचना वा आदेश तामेल हुन नदिई छली हिड्न नहुनेः

(१) अधिकार प्राप्त अधिकारीले जारी गरेकोे समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश बुझ्नु पर्नेव्यक्तिले त्यस्तो समाह्वान, इतलायनामा, पक्राउ पूर्जी, सूचना वा आदेश तामेल हुन नदिनको लागि बद्नियतपूर्वकछली हिड्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँँसम्म जरिबाना वा दुवैसजाय हुनेछ ।